गण्डकी प्रदेश घोषणा (फोटो फिचर)

पोखरा, २२ असार /प्रदेश ४ को नाम गण्डकी प्रदेश दुई तिहाइले पारित भएको छ । प्रदेश सभामा शुक्रबार भएका ५६ जना सांसद मध्ये ५४ जनाले गण्डकीको पक्षमा मतदान गरेका छन् भने २ जनाले विपक्षमा मतदान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, नेपाली काग्रेस र जनर्मोचाले गण्डकी प्रदेशमा मतदान गरेका छन् भने नयाँ शक्तिका दुई सांसदले विपक्षमा मतदान गरेका छन् । बिहीबारको संसद बैठकमा नेपाल कम्युनिस्ट पार्टीको सांसद मायानाथ अधिकारीले प्रदेशको नामको बारेमा छलफल गर्न प्रस्ताब पेस गरेका थिए ।

छलफलमा ३२ जना सांसदले भाग लिदै गण्डकीको पक्षमा मत जाहेर गरेका थिए । उनीहरुले सबैको साझा नाम गण्डकी भएकोमा जोड्दिएका थिए । प्रदेशमा मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सबै जातजाती, भाषा, भुगोललाई समेट्ने गरी प्रदेशको नाम गण्डकी राखेको बताए ।

संसद सकिए पछि गुरुङले गण्डकी प्रदेश लेखिएको बेलुन उठाएर स्वागत गरे । आज साझँ दिप बालेर स्वागत गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश ४ को नाम तमुवान मगरात राख्नु पर्दछ भन्दै आन्दोलनरत जनजातीहरुले पोखरामा सिठि जुलुस निकालेर विरोध गरेका छन् ।

गण्डकी प्रदेश घोषणा
गण्डकी प्रदेश घोषणा
गण्डकी प्रदेश घोषणा
गण्डकी प्रदेश घोषणा
गण्डकी प्रदेश घोषणा
गण्डकी प्रदेश घोषणा
गण्डकी प्रदेश घोषणा
गण्डकी प्रदेश घोषणा
कमेन्टहरु
Loading...