वैशाख २८ मा हुने गजल उत्सवको तयारी तीब्र

पोखरा, २४ वैशाख/ गजल सन्ध्या, पोखराले आगामी वैशाख २८ गते गर्न लागेको गजल उत्सव
कार्यक्रमको तयारी तीब्र पारिएको छ । देशका विभिन्न भागबाट गजलकारहरुलाई पोखरा बोलाएर गरिने सो उत्सवलाई महोत्सव नै बनाउने तयारीमा सन्ध्या लागिरहेको अध्यक्ष मन क्षेत्रीले जनाउनुभयो ।

कार्यक्रमलाई बर्जर पेन्ट्स, सिद्धार्थ सिमेन्ट, किसान पाइप र इसेन्स टुर्स एण्ड ट्राभल्सले प्रायोजन तथा सञ्जोग ट्राभल्स, बाबा मेसिनरी एण्ड टुल्स र पोखरा उपमहानगरिपालिकाले प्रबद्र्धन गर्ने आर्थिक उपसमितिका संयोजक उदिपराज ढुङ्गानाले जनाउनुभएको छ ।

पोखरा सभागृहमा दिउँसो १ बजे हुने कार्यक्रममा तीन दर्जन गजलकारहरुले गजल वाचन गर्नुका साथै गायक मनोज राज, विनोद बानियाँ, राज सिग्देल र नरजङ गुरुङले प्रत्यक्ष बाद्यवादनका साथमा गजल
गायन पनि गर्नुहुने प्रचारप्रसार संयोजक रुपिन्द्र प्रभावीले बताउनुभयो । रु. १ सय, ५ सय र १ हजारका टिकट काटेर गजलप्रेमीले ३ घण्टाभन्दा बढी समय भरपूर मनोरञ्जन लिन सक्ने कार्यक्रमका लागि अझ सहयोगीहरुको खोजी गर्ने, टिकट बिक्रीवितरणका कार्य तीब्र रुपमा अघि बढाइएको सन्ध्याले जनाएको छ ।

उत्कृष्ट र प्रतिनिधि गजलकारहरुको छनोट कार्य पनि अघि बढेको जनाइएको छ । कार्यक्रमको टिकट बिक्रीबाट उठको प्रति टिकट रु. ५ बाबा फाउण्डेसनमार्फत् अनाथ र असहाय बालबालिकाको हितका लागि प्रदान गरिने अध्यक्ष मन क्षेत्रीले जानकारी दिनुभयो

कमेन्टहरु
Loading...