कांग्रेसले प्रधानमन्त्रीको नेतृत्वको दावेदारी छोड्ने

पोखरा, २७ मंसिर/नेपाली कांग्रेसका युवा नेता गगन थापाले बैशाखमा निर्बाचन गर्ने सर्तमा नेपाली कांग्रेसले प्रधानमन्त्रीको नेतृत्वको दावेदारी छोड्ने बताए । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले कांग्रेसलाई सरकार भन्दा लोकतन्त्र जोगाउनु आवश्यक रहेको बताउदै सरकारलाई भन्दा निर्बाचनलाई जोड दिनु परेको बताए ।

बैशाखमा निर्बाचन भए कांग्रेसले जित्छ, हामी बैशाख पछि सभापति शुशिल कोइरालालाई प्रधानमन्त्री बनाने बताउदै थापाले एकिकृत माओवादीले राखेको संविधानको अन्तरवस्तुमा सहमती गरेर निर्बाचनमा जान कुनै आवश्यक नरहेको बताए । अब हामी मिश्रित निर्बाचन प्रणाली पनि मान्दैनौं, प्रत्यक्ष निर्बाचित राष्ट्रपति पनि नमान्ने बताउदै नेता थापाले काग्रेसले अब लोकतन्त्र जोगाउने एजेण्डा लिएर जनताका माझ चुनावमा जाने बताए ।

कमेन्टहरु
Loading...