रेवानले फागु उत्सव गर्ने, महासचिव पदमा बराल मनोनित

चैत्र ११,पोखरा/नेपालीहरुको कला, साँस्कृती र पर्वहरुको जर्गेडा गर्दै आफ्नों गतिविद्यी अगाडी वढाइरहेको रेष्टुरेण्ट एण्ड वार एशोसियसन अफ् नेपाल (रेवान) पोखराले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि फागु पूर्णिमाको दिन फागु उत्सव–२०६९ को आयोजना गर्ने भएको छ ।रंगैरंगको पर्व होलिको शुभ–कामना आपसमा साटासाट गर्नुका साथै विदेशीहरुलाई समेत नेपाली साँस्कृती पर्वको जानकारी गराउन रेवान पोखराले वर्षेनी फागु उत्सव गर्र्दैै आएको छ । आउँदो मंगलबार मनाइने होलिमा पर्यटन व्यवसायि, आन्तरिक तथा वाह््य पर्यटक साथै विभिन्न संघसंस्था लगायतको सहभागिता रहने कार्यक्रम संयोजक बलराम पहारीले जानकारी दिए ।

बसुन्धरापार्क स्थित फेवालेक रेष्टुरेष्ट अगाडीदेखि शुरु हुने कार्यक्रममा सहभागिहरु पञ्चेबाजा र होलिको रंगसंगै शुभ–कामना र सद्भाव साटासाट गर्दै हल्लनेचोकसम्म पुग्ने रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । यसैविच रेवान पोखराको रिक्त रहेको महासचिव पदमा लक्ष्मण बराललाई मनोनित गरिएको पनि रेवान पोखराले जनाएको छ । उक्त पदमा रहेका महासचिव श्रीराम गिरीले कार्यव्यस्थताका कारण राजीनामा दिएपछि उनको स्थानमा कार्यसमिति सदस्य रहेका बराललाई मनोनयन गरिएको पनि अध्यक्ष भट्टराईले जानकारी दिए । बराल हल्लनेचोकस्थित बि ह्याप्पि रेष्टुरेण्टका सञ्चालक हुन् ।

कमेन्टहरु
Loading...