फुटपाथ व्यवसायीलाई बैकल्पीक ठाउँ दिने सहमति

पोखरा, ७ फागुन/फुटपाथमा व्यवसाय गर्न नदिने निर्णय गर्दै प्रशासनले बल प्रयोग गरेर फुटपाथ व्यवसाय हटाएसंगै आन्दोलनमा होमिएका व्यवसायीहरु र पोखरा उपमहानगर पालिका विच बैकल्पीक व्यवस्था गर्ने सहमति भएको छ । पोखरा उपमहानगर पालिकामा आज विहान भएको सर्वपक्षी छलफलबाट फुटपाथ व्यावसायीलाई बैकल्पीक ठाउँको व्यवस्थापन गर्ने सहमति भएको हो । बैकल्पीक ठाउँ खोज्नका लागी पोखरा उमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा बसन्द चालिसे सचिब रेहका छन् भने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सजिव कोइराला, चार राजनैतिक दलका प्रतिधि लगाएतको संलग्न रहेको समिति गठन गरेको हो । समितिले आजबाटै काम थाल्ने छ । वार्तामा पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत, कास्कीका राजनैतिक संगठनका प्रतिनिधि, फुटपाथ व्यावसायी लगाएतकाको सहभागीता रहेको थियो ।

फुटपाथमा व्यवसाय गर्दै आएकाहरु व्यवस्थापनको कुनै विकल्प नदिएको भन्दै आन्दोलनमा होमिएका विभिन्न राजनीतिक दल निकट व्यवसायीहरुले मोर्चाबन्दी गरेर प्रशासनलाई दबाब दिने गरि आन्दोलन थालेका थिए । प्रशासनले बल प्रयोग गरि शनिबार मध्यरातमा फुटपाथ हटाए पछि आन्दोलित बनेका फुटपाथ व्यवयासीहरुले विहान पोखरा उपमहानगरपालिका कार्यालय भित्र बार्ता चलि रहदा बाहिर भने फुटपाथ व्यवसायीले नारा बाजी गरी रहेका थिए ।

उनीहरुले वैकल्पीक स्थान बिना आफूहरुलाई हटाइएको, आफ्नो सामानको क्षति नगरपालिकाले दिनु पर्ने लगाएतका माग राख्दै आन्दोलन गरेका थिए । व्यवसायीहरु प्रदर्शनमा उत्रिए पछि सुरक्षा कर्मिलाई बाक्लो परिचालन गरिएको थियो । पोखराका मुख्य चोक चिप्लेढुङ्गा, महेन्द्रपुल, पृथ्वीचोक र सभागृह चोकमा रहेका करिब १३ सय फुटपाथ व्यवसायीलाई प्रसाशनले हटाएको थियो ।

कमेन्टहरु
Loading...