स्व.अमन गुरुङ सेभेन ए साइड फुटवल प्रतियोगिता जारी

सागर राज तिमिल्सिना/पोखरा ५, जेठ/पोखरामा जारी स्वर्गीय अमन गुरुङ सेभेन ए साइड फुटवल प्रतियोगिता अन्र्तगत आईतबार प्रि–क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा पोखरा रामबजारमा रहेको भ्याली स्पोटर्स क्लवको आयोजनामा आईतवार ८ वटा खेल सम्पन्न भएका हुन । सोमबार क्वाटरफाईनलका खेलहरु हुने भएको क्लबका सचिव सम्मर बहादुर श्रेष्ठले बताए ।

101_5732आईतबार भएको पहिलो खेलमा आयोजक भ्याली स्पोटर्स क्वल पहेलोले नव आर्दश फुटवल एकेडेमिलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । भ्यालीको जितमा अनिल अधिकारी र राजकुमार घिसिङले दुई दुई र दिपेश श्रेष्ठ तथा सन्तोस गुरुङले एक एक गोल गरेका हुन । निर्मल गुरुङको ह्याट्रिकको मद्धतले वेलायतको ईन्टेक ०७ व्रिगेड अफ गोर्खाजले ईन्द्रेणी क्लबलाई ४–१ ले यात्रा समाप्त पार्यो । ईन्टेकका भिम गुरुङले एक गोल गरेका थिए भने ईन्द्रेणीका प्रेम गुरुङले शान्त्वना एक गोल गरे ।

खेलको क्रममा ईन्टेकका तेज र इन्द्रेणीका हिट्लर घलेले रातो काड पाएका थिए । मैदानमा खेलाडीहरुले एक आपसमा भनाभन गर्दै अभद्र व्यवहार गरे पछि रेफ्रि अर्जुन गुरुङले उनीहरुलाई रातो काड देखाउदै मैदानबाट बाहिर पठाएका थिए । तोरण गुरुङ र मनोज थापाको एक एक गोलको मद्धतले तेश्रो खेलमा युनाईटेड क्लव अम्मरसिंहले एबीसी एलाई २–१ ले पराजित गरेको हो । एबीसीको तर्फबाट सुवास शाहिले एक गोल गरे । लेकसाईड एफ. सी.ले एल.जी. एसोसीयसनलाई टाईब्रेकरमा ५–४ को गोल अन्तरले पराजित गरेको थियो ।

निर्धारित समयमा एलजीका विश्व गुरुङ र सुसिल केसीले एक एक गोल गरे भने लेकसाईडको तर्फबाट अफ्रिकन मुलका खेलाडी सीसीले दुई गोल गर्दा खेल टाईब्रेकरमा पुगेको हो । टंक गुरुङको दुई गोलको मद्धतले पाचौं खेलमा संगम क्लव बीले रामघाट युथ क्लवलाई २–० ले पराजित गरेको हो । गार्डेन फुटवल क्लवले एबीसी बीलाई ३–० ले यात्रा समाप्त पार्यो । एबीसीका कुमार गुरुङले दुई र दावाले एक गोल गरे । अक्सीजन एफ.सी.ले दिप युनाईटेडलाई २–१ ले पन्छायो ।

अक्सीजनको जितमा सुरज गुरुङले दुई गोल गरे भने दिप युनाईटेडका सुसान गुरुङले एक गोल गरेका थिए । आईतबारको अन्तिम खेलमा आयोजक भ्याली स्पोटर्स निलोले हिमशिखर लामाचौरलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा भ्यालीका गोविन थापाले एक गोल गर्दा हिमशिखरका अनिल तामाङले गरेको एक गोलले खेल टाईब्रेकरमा धकेलिएको हो ।

कमेन्टहरु
Loading...