हिमालयन शेर्पा र एनआरटी विजयी

पोखरा, २३ माघ/उदयपुरमा जारी दोस्रो उदयपुर गोल्डकपको आजको खेलमा हिमालयन शेर्पा क्लबले सरस्वती क्लबलाई ३–० गोल अन्तरले जितेको छ । हिमालयन शेर्पाले १० मिनेटमा ३ गोल गरि सरस्वतीलाई हराएको हो । हिमालयनका लागी विदेशी खेलाडी स्यामर मुल्लारले ह्याट्रीक गरे । मुल्लारले खेलको ७५ औ, ८१ र ८५ औ मिनेटमा गोल गरेका थिए ।

त्यसै गरि आजबाट वारामा सिमरा गोल्डकप प्रतियोतिगा शुरु भएको छ । उद्घाटन खेलमा एनआरटीले जावलाखेललाई १ –० गोल अन्तरले विजयी भयो । एनआरटीका लागी खेलको २० औ मिनेटमा वलावालेले गोल गरे । उनले शुषिल केसिले हानेको बललाई डि बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

कमेन्टहरु
Loading...