फोनिजको १९ औ स्थापना दिवस, पत्रकार आचार संहिता सम्बन्धी अभिमुखीकरण

पोखरा २७ साउन / आदिबासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औ स्थापना दिवसको अवसरमा फोनिज कास्कीको आयोजनामा एकदिने पत्रकार आचारसंहिता सम्बन्धीे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा वोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले आदिवासी जनजातिको पक्षमा आवाज वुलंद बनाउदै आएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले विभिन्न तह तप्कामा रहेर आदिवासी जनजातिको आवाज उठाउदै आइरहेको सन्दर्भमा अव जिम्मेवार पत्रकारिता मार्फत अगाडी वढ्नुपर्नेमा जोड दिए ।

स्थापना दिवसको अवसरमा आयोजित पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखिकरणले भदौ देखी लागु हुने मुलुकी ऐनको बारेमा पत्रकारलाई जानकारी दिएर महत्वपूर्ण काम गरेको श्रेष्ठको भनाइ रहेको थियो ।

पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न कार्यक्रममा युवा पत्रकार भरत कोइरालाले कार्यक्रममा उपस्थित पत्रकारहरुलाई अभिमुखिकरण गरेका थिए । सो अवसरमा वोल्दै पत्रकार कोइरालाले पछिल्लो समय रुवाइ पत्रकारिता हावी भएकाले त्यसप्रति पत्रकारहरु सचेत हुनुपर्ने वताए ।

कोइरालाले केही यु ट्युव सञ्चालन गर्ने पत्रकार र केही टेलिभिजन कर्मीहरुले मनोमानी ढंगले पिडामा परेकालाई झनै पिडा हुने गरी कार्यक्रमहरु बनाउने गरेको वताउदै त्यस्ता क्रियाकलापले पत्रकारिताको मर्मलाई कमजोर बनाउने वताए । उक्त अवसरमा कोइरालाले आगामी भदौ देखी लागु हुने नया मुलुकी ऐनले पत्रकारलाई पार्न सक्ने बाधा अफ्ठेरोको बारेमा समेत जानकारी गराएका थिए ।

फोनिज कास्कीका अध्यक्ष एम बी आस्था मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, फोनिज गण्डकी प्रदेश इन्चार्ज हुम बहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । फोनिज कास्कीका भुपाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तब्य राखेका थिए ।

कमेन्टहरु
Loading...