बाक्लो हुस्सु र चिसोले चितवनमा जनजीवन प्रभावित, भरतपुर-पोखरा उडान रद्द

चितवन, २३ पुस/  चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

एक सातादेखि बढेको चिसोका कारण स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।

शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । अहिले १२ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन ।

भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आज बिहानसमेत ७ डिग्री थियो । आज १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ ।

कमेन्टहरु
Loading...