सुपरहिटलाई लाईक गर्दा बिनितासँग डेटिङ

फिल्मीखबर, काठमाण्डौ,प्रदर्शनको क्रममा रहेको बिनिता बराल अभिनित फिल्म ‘सुपरहिट’निर्माण युनिटले पब्लिसिटीको नयाँ फण्डा ल्याएको छ । उक्त फण्डा अर्न्तगत फिल्म सुपरहिटको फोटो, प्रोमो, गीत तथा पोस्टरमा जस्ले बढि लाईक र शेयर गर्छ उसलाई नायिका बिनिता बरालसँग डेटिङ जाने अवसर दिनुका साथै सँगै बसेर फिल्म हेर्ने अवसर प्रदान गरिनेछ ।
 

निर्देशक निरञ्जन पाण्डेले दिएको जानकारी अनुसार फिल्म सुपरहिटलाई सुपरहिट बनाउन यस्तो स्किम ल्याईएको हो । रिलिजको मिती सम्ममा फेसबुक फ्यान पेज (नेपाली सुपरहिट मुभि)मार्फत सबैभन्दा धेरै लाईक तथा शेयर गर्ने टप तीन जनालाई बिनितासँग डेटिङ जाने व्यस्था गर्दै सँगै डिनर या लञ्चको व्यवस्था गर्नुको साथै सुपरहिट फिल्म पनि बिनितासंगै बसेर हेर्ने व्यवस्था गर्ने निर्देशक पाण्डेले बताए । यस्तै हरेक दिन सुपरहिटको फोटो, प्रोमो, गीत तथा पोस्टरमा सबैभन्दा बढि लाईक गर्नेलाई बिनितासँग फोनमा कुरा गर्न उनको मोबाईल एक घण्टाका लागि खुल्ला गरिनेछ । जसमा एक व्यक्तिले ५ मिनेटसम्म बिनितासँग कुरा गर्न सक्नेछन् ।

सस्पेन्स थ्रील शैलीको फिल्म सुपरहिटमा बिनिताको साथमा दिव्यदेव पन्त, महेश त्रिपाठी, सुवास चत्कुल्ली, शिशिर राणा र मञ्जु श्रेष्ठको मुख्य अभिनय रहेको छ । मुभी इन्फिनिटीले निर्माण गरेको यो फिल्मलाई निरञ्जन पाण्डे र सौरभ ढकालले नै निर्देशन गरेका हुन् । सुरेश राईले संगीत भरेको यो फिल्मलाई रूपन पौडेल र निरज कंडेलले खिचेका हुन् । फिल्मको कथा बिनिताको वरिपरि नै घुमेको निर्माण युनिटले बताएको छ । cp. फिल्मीखबर

कमेन्टहरु
Loading...