फेवाताल देखि रारा ताल सम्म साईकल यात्रा सुरु

पोखरा, ७ जेठ /बिरौटा क्लबको आयोजना र साईकल सिटी पोखराको सह आयोजनामा लेक टु लेक नाराका साथ पोखराको फेवातालदेखि मुगुको रारातालसम्म भम्रण कार्यक्रमको लेक साईड बाराही मन्दिर देखी सुरु भएको छ । कार्यक्रममा बिरौटा क्लब र साईकल सिटी पोखराका ४ जना महिला र २६ जना पुरुष गरि ३० जनाको सहभागीता जनाएका छन् ।

फेवाताल देखि रारा ताल सम्म साईकल यात्रा सुरु
फेवाताल देखि रारा ताल सम्म साईकल यात्रा सुरु

कार्यक्रमको उद्देश्य घुमफिर बर्ष २०७३ को प्रचार प्रसार गर्नुको साथै सुनकलीमा आधारित १४ वटा अन्तराष्ट्रिय पुरस्कार प्राप्त डकुमेन्ट्रीका पात्र सुनकली र उसले पढेका हिमोदय निमाविलाई बिरौटा क्लबको तर्फबाट १ लाख, बाबा फाउण्डेशनको तर्फबाट सेनेटेरी किट ६० थान र ६ हजार, मिराकल ईन्स्युच्युट महेन्द्रपुलको तर्फबाट ५ हजार र शान्ती स्तुपा कालिमाटी निवासी बिष्णु प्रसाद बरालको तर्फ बाट ५० थान सल सहयोग प्रदान गर्नु रहेको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रम यात्राका सहयात्री सुनकली डकुमेन्ट्रीका निर्देशक भोजराज भाटले उदघाटन यस्तो किसिमको सहयोगले सुनकलीलाई झन थप हौसला थपिने र यो कार्यक्रमबाट सुनकली संग जोडिएर डकुमेन्ट्री पनि रोचक बन्नेमा बिश्वास लागेको बताए । १३ बर्षिय बालिका साईकिल्ष्ट शालु घिमिरेले आफुलाई एकदम उत्साह जागेको र शायद नेपालकै एउटा जुनियर साईकिल्ष्ट रारा पुगेर रेकर्ड तोड्न पाउनु आफनो अहोभाग्य रहेको बताईन ।

बिरौटा क्लबका अध्यक्ष सुर्य प्रसाद बरालले एउटा सकारात्मक सोच साथ एउटा तालबाट अर्को तालसम्म पुगी घुमफिर बर्ष साकार पार्दै सुनकलीलाई सहयोग गर्न पाउदा आफु लगायत सम्पुर्ण मित्रहरुलाई खुसि लागेको बताए । साईकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले यो यात्रा पर्यटन प्रबद्र्धनमा अति उपयुक्त र घुमफिर बर्षलाई सहयोग पुग्न आशा व्यक्त गरे । कार्यक्रम संचालन साईकल सिटी पोखराका सचिव अभिषेक कोईरालाले गरेका थिए ।

कमेन्टहरु
Loading...