फेवाताल संरक्षण गर्न अवलोकन

पोखरा, २२ भाद्र/फेवातालको संरक्षण, विकास नहुदा वर्षेनी फेवाताल अतिक्रमण कार्यमै छ । पोखराको पर्यटन विकासमा फेवाताल गौरवको रुपमा रहेको हुँदा यसको अस्तित्व संकटबाट बचाउँदै संरक्षण गर्ने उद्देश्यले पोखराको लेकसाइडमा रहेको बुमर्याङ्ग रेष्टुरेष्टको आयोजनमा फेवातालको मुहानमा ठुलाखेत देखि फेवाताल सम्मको अवलोकन गरेका छन् । फेवातालको मुहान ठुलाखेतबाट वर्षायाममा खोलाहरुले कसरी पुरेको छ भनेर अवलोकन भएको हो । अवलोकनबाट फेवातालमा बढ्दै गएको जलकुम्भि झार र खोलाको किनार कटानको बारेमा अवलोकन गरे ।

अवलोकन पश्चात कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले फेवातालको संरक्षणका लागी सरकार र स्थानीय स्थरबाटै संरक्षणका लागी बजेट छुट्टाउन पर्ने बताए । उनले स्थानिय निकायनै ताल संरक्षणमा नलागे सम्म समस्या समाधान हुन असम्भव भएको बताए ।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको संंयोजन तथा नेपाली सेना पश्चिम पृतनापति राणाको नेतृत्वमा गएको टोलीले फेवातालको सिरान हर्पन र खहरे खोलादेखि तालको सिमानाहरुको अवलोकन गरेको थियो । टोलीमा सरकारी कार्यालयका प्रतिनिधी, सुरक्षानिकायका प्रमुख, पर्यटन व्यवसायीहरु सहभागीता रहेको थियो । उनीहरुले र्याफ्टीङ्ग संगै कायाकिङ्ग मार्फत फेवातालको अवलोकन गरेका हुन् । कार्यक्रम आयोजना गर्नुको उद्देश्य फेवाताललाई कसरी बचाइ रहन सकिन्छ भन्ने रहेको पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले बताए ।

करिब २२ हजार ७ सय रोपनी क्षेत्रफलको नेपालकै दोस्रोे ठूलो ताल फेवाताल खुम्चिएर हाल ९ हजार ९ सय ५५ रोपनी क्षेत्रफलमा सीमित हुन पुगेको छ । तालको जग्गा अतिक्रमण हुनु, तालमा सिधै ढल मिसाउनु, किनारमा गाईबस्तु चराउनु, तालको मुहानबाट आउने हर्पन र खहरे खोलाले वर्षेनी पुरिदै जादा तालको क्षेत्रफल घट्दै गएको छ ।

२०६४ सालमा भूमिसुधार मन्त्रालयको नापी टोलीले स्थलगत अवलोकन र नापीपछि तालको क्षेत्रफल ९ हजार ९ सय ५५ रोपनीमा सीमित रहेको तथ्यांक निकालेको थियो । २०३१ सालमा तालको क्षेत्रफल ६ वर्ग किलोमिटर थियो भने २०५७ सालमा ४ दशमलब २५ वर्गकिलोटरमा सीमित भएको तथ्यांक छ ।

केहि समय पहिले सरकारले गठन गरेका छानबिन समितिले गरेको अध्ययनअनुसार तालमा प्रति हेक्टर १७ दशमलब ३७ प्रतिशत भुक्षय भैरहेको छ । हरेक वर्ष ६ दशमलब ७ हेक्टरका दरले ताल पुरिदै आएको छ । २०३१ सालमा तालको औसत गहिराई ३३ मिटर थियो भने अहिले तालको औसत गहिराई १८ मिटरमात्र छ । वार्षिक १ सय ७५ देखि २ सय २५ हजार क्यूब मिटर माटो तालमा थुप्रिने गरेको छ । फेवाताल विश्वमा नै सौन्दर्यमा १३ औ स्थानमा रहेको ताल हो ।

कमेन्टहरु
Loading...