फेवा ताल अतिक्रमणमा परिरहदा जिल्ला प्रशासन मुख दर्शक

सागर राज तिमिल्सिना/ पोखरा, ४ बैशाख/पोखराको गहनाको रुपमा रहेको फेवातालको सिमसार क्षेत्र अतीक्रमणको चपेटामा पर्दै गए पनि जिल्ला प्रशासनले भने चासो देखाएको छैन । सिमसार क्षेत्र चपेटामा परे पछि स्थानीय वासिन्दा चिन्तीत बन्दै गएका छन् । फेवातालको मुख्य स्रोत हर्पन खोला र खहरे खोला फेवातालमा आउने मुख्य बाटो बदले पछि बनेको पहिलेको खोला क्षेत्र दिन प्रतिदिन घडेरी बनाउन पुरेपनि प्रशासनले पत्ता पाउन सकेको छैन । तीन हप्ता देखि पुरेर घडेरी बनाउदै गरेपछि स्थानीय र संरक्षण कर्मीहरु चिन्तीत बनेका छन् ।

कास्कीकोट गाविसको पामे नजिकैको सिमसार क्षेत्र तालकै आडैको डाँडो कटान गरि पुरीएपछि स्थानीय र संरक्षण कर्मीहरु चिन्तीत बनेका हुन । तालको मुख्य पानीको स्रोतहरु साना ताल, पोखरी, खोला नै पुरिएपछि फेवातालमा आउने पानीको अभावको कारण ताल नै चाडै सुक्ने भन्दै संरक्षणवादीहरुले समेत तालको मुहान क्षेत्रमा हुने अतिक्रमण रोक्नु पर्ने बताएका छन् । स्थानीय वासिन्दा लेखनाथ पाराजुलीले पहिले आफु डुंगामा चडेर जाने घाटनै अहीले दर्ता गरि प्लाटीङको लागि बिक्री गर्न पुरिएको भन्दै संरक्षणमा जोड दिए ।

पहिले तालको मुख्य स्रोत हर्पन खोला बगेको ठाउँ र खोला अको बाटो हिडेपछि पोखरीको रुपमा रहेको क्षेत्र नै परिनु तालको भविश्यमाथी खेलवाड गर्नुहो भन्दै स्थानीय प्रशासनलाई संरक्षणका लागि निवेदन दिदा समेत प्रशासनले ध्यान नदिएकोमा रोस प्रकट गरे । यहाँको सिमसार क्षेत्रमा साइवेरीया लगाएतका ठाउँवाट बर्षेनी चराहरु बास बस्न आउछन् यस्तो महात्वको क्षेत्र पुरिदा समेत जिल्ला विकास समिति र स्थानीय प्रशासनले ध्यान नदिनु गैर जिम्मेवारीको पराकास्ट भएको उनले बताए । जग्गा धनी कुल बहादुर श्रेष्ठले आफुले ५ बर्ष अघी कीनेको बताउदै पहिले त सिमसार क्षेत्रमा बनाउन हुदैन की भन्ने लागेको थियो पछि आफ्नो जग्गामा बनाउन केही हुदैन भनेर घडेरीको लागि पुरेको बताए । जिल्ला प्रशासन कार्यालयमा रोक्न स्थानीयले निवेदन दिए पनि प्रशासनले काम गर्न भने पछि फेरी पुर्न थालेको श्रेष्ठको भनाइ थियो ।

जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी इश्वरराज पौडेलले रोक्न निवेदन नआएको र यदी तेस्तो हो भने रोक्नु पर्ने बताए । ताल र सिमसार क्षेत्रहरु लालपुजा भए पनि दुरगामी असर पर्ने गरि पुर्न र संरचना बनाउन नपाइने पौडलले बताए । प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाले बाटो चक्ल्याउने कार्यको लागि मात्र स्विकृती दिएको बताए । यदी सीमसार क्षेत्रनै परिएको छ भने त्यसलाई रोक्ने बताए । प्राकृतीक महात्वका क्षेत्रहरुमा लालपुजा भएपनि जथाभावी पुर्न र संरचना बनाउन नपाइने उनको भनाइ थियो ।

प्रशासनका उच्च कमचारीले यस्तो भनीरहदा भने सिमसार क्षेत्र पुर्ने काम भने जारी रहेको छ । पोखराको गहना फेवातालको संरक्षणका लागि यस्ता अतीक्रमण बेलैमा रोक्नु पर्ने स्थानीयको माग छ । फेवातालको संरक्षण, विकास नहुदा वर्षेनी फेवाताल अतिक्रमण कार्यमै रहेको बताउदै स्थानीय पराजुलीले पोखराको पर्यटन विकासमा फेवाताल गौरवको रुपमा रहेको हुँदा यसको अस्तित्व संकटबाट बचाउनु पर्ने बताए ।

करिब २२ हजार ७ सय रोपनी क्षेत्रफलको नेपालकै दोस्रोे ठूलो ताल फेवाताल खुम्चिएर हाल ९ हजार ९ सय ५५ रोपनी क्षेत्रफलमा सीमित हुन पुगेको छ । तालको जग्गा अतिक्रमण हुनु, तालमा सिधै ढल मिसाउनु, किनारमा गाईबस्तु चराउनु, तालको मुहानबाट आउने हर्पन र खहरे खोलाले वर्षेनी पुरिदै जादा तालको क्षेत्रफल घट्दै गएको छ । २०६४ सालमा भूमिसुधार मन्त्रालयको नापी टोलीले स्थलगत अवलोकन र नापीपछि तालको क्षेत्रफल ९ हजार ९ सय ५५ रोपनीमा सीमित रहेको तथ्यांक निकालेको थियो । २०३१ सालमा तालको क्षेत्रफल ६ वर्ग किलोमिटर थियो भने २०५७ सालमा ४ दशमलब २५ वर्गकिलोटरमा सीमित भएको तथ्यांक छ ।

कमेन्टहरु
Loading...