फागुन २४ गते पोखरा र लेखनाथमा डिजेल वितरण गरिने

आज मिति २०७२।११।२३ गते जिल्ला प्रशासन कार्यलय कास्कीमा बसेको वैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ वितरण गर्ने निर्णय गरियो ।

निर्णय नं.१ः मिति २०७२।११।२४ गते वितरण हुने डिजेल निम्नानुसारका पेट्रोल पम्पहरुबाट निम्नानुसारको पेट्रोलियम पदार्थ वितरण गर्ने ।

Diesel distribution Falgun 24 Pokhara Lekhnath
Diesel distribution Falgun 24 Pokhara Lekhnath

निर्णय नं.२ उपरोक्त पेट्रोल पम्पहरुबाट निम्न वमोजिमको डिजेल उपलब्ध गराउने ।
क. लामो दुरीको ठुलो ट्रक, वस– रु. ७५००।– बराबरको
ख. ग्रामिण रुटमा चल्ने ठूलो बस – रु.३५००।– बराबरको
घ. मिनि वस – रु. ३०००।– बराबरको
ङ. हायस बस – रु. ३०००।– बराबरको
च. नगरबस÷वेगनास बस – रु. ३५००।– बराबरको
छ. मिनि, मझौला र लोकल ट्रकहरु – रु.२५००।– बराबरको
ज. अन्य निजी डिजेल कार, जिपहरु – रु. २०००।– बराबरको
झ. ठूलो ट्याक्टरहरु – रु.१०००।– बराबरको
ञ. साना ट्याक्टरहरु – रु.५००।– बराबरको
ट. पर्यटन ठूला बसहरु रु.५५००।– बराबरको
ठ. पर्यटन साना सवारीहरु रु.२०००।– बराबरको
ड. खुद्रा माल ढुवानी गाडीहरु रु.१५००।– बराबरको

निर्णय नं.३ः उपरोक्तानुसारको वितरण हुने २७४ के.एल. डिजेल र १६६के.एल. पेट्रोल नेपाल आयल निगम गगनगौडाले मिति २०७२।११।२३ गते साझ सम्ममा सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।

निर्णय नं. ४ उपरोक्त बमोजिमको डिजेल मिति २०७२÷११÷२४ गते विहान ८ बजेदेखि वितरण गर्ने ।

निर्णय नं. ५ उपरोक्त बमोजिमको पेट्रोल मिति २०७२÷११÷२५ गते विहान ८ बजेदेखि वितरण गर्ने ।

निर्णय नं.४ः कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।
(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य

उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।

Diesel distribution Falgun 24 Pokhara Lekhnath / फागुन २४ गते पोखरा र लेखनाथमा डिजेल वितरण गरिने

कमेन्टहरु
Loading...