भोली (सोमबार) ईदको अवसरमा सार्वजनिक बिदा

काठमाडौ, ११ असार /असार १२ गते सोमबार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फितरको अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

गृहमन्त्रालयले विज्ञप्ती जारी गर्दै ईदको दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । इस्लाम धर्मावलम्बीले आइतबार इद उल फित्र मनाउदै छन् । एक महिना रोजा सकिएपछि यो पर्व मनाइन्छ । इद खुसी साट्ने पर्व हो ।

इस्लामी पात्रो हिजरी संवत् अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी १ महिनासम्म रोजा बस्छन् । रोजा सकिएपछि खुसी स्वरूप ईद मनाइन्छ ।

ईदका दिन मस्जिद वा इदगाहमा भेला भई नमाज पढ्ने चलन छ । इदको नमाजपछि आपसमा गला मिलाएर ‘इद मुबारक’ भन्दै शुभकामना आदान–प्रदान गरिन्छ । नमाजपछि एक–अर्काका घरमा पाकेको मीठा परिकार खाने र शुभकामना आदान–प्रदान गर्ने चलन छ ।

कमेन्टहरु
Loading...