शिक्षामा कुनै पनि किसिमको कर लगाउन नपाइने केन्द्रिय अध्यक्ष राणा

पोखरा, २५ साउन/नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष गिता राणाले शिक्षामा कुनै पनि किसिमको कर लगाउन नपाइने बताइन् । नेशनल प्याब्सन कास्कीको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन शत्रमा बोल्दै राणाले शिक्षा नियमावलीअनुसार मात्रै विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।
उनले निजी विद्यालयबाट प्रवेशिका उर्तिण भएर जाने विद्यार्थीहरुलाई ४५ प्रतिशत उच्च शिक्षा आरक्षण कोटामा विभेद भएको बताउँदै निजी विद्यालयमा अध्ययन गरेवापत विद्यार्थीसँग जरिवाना असुलिरहेको आरोप लगाइन् । निजी विद्यालयका लागि सरकारले स्पष्ट निति बनाउनुपर्ने उनको जोड थियो ।
कार्यक्रममा प्याब्सुका केन्द्रिय उपाध्यक्ष शिलाल उपाध्याय, तनहुँ जिल्लाका अध्यक्ष सहदेव अधिकारी, बाग्लुङ जिल्लाका अध्यक्ष बालकृष्ण शर्मा, प्याब्सन अध्यक्ष निर्देश कोइराला, हिसानका अध्यक्ष रमाकान्त बराल, नेशनल प्याब्सन कास्कीका उपाध्यक्ष रामबहादुर मोति, जिल्ला शिक्षा कार्यालय कास्कीका परिक्षा विभाग प्रमुख खेमराज पौडेल लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा सहभागीले नेशनल प्याब्सनका सचिवले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
नेशनल प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन शत्रको सञ्चालन सचिव केशवशरण उपाध्यायले गरेका थिए । सोही अवसरमा पोखरा १० कुडहर नरमार्गमा रहेको विद्यालयको नवनिर्मत भवनको नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सिता राणाले शिलान्यास गरेका थिए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।
 

कमेन्टहरु
Loading...