अनुदान प्राप्त विद्यालयको सँयुक्त अनुगमन

पोखरा, ३१ बैशाख/मानवीय श्रोत विकास केन्द्र र वल्र्ड भिजन द्वारा सञ्चालित शिक्षा परियोजना लागु भएका कास्कीको माझठाना गाविसका तीन विद्यालयमा मंगलवार सँयुक्त अनुगमन गरिएको छ । केन्द्र र वल्र्ड भिजनले सरकारी सरोकारवाला निकायको उपस्थितिमा माझठानाको सरस्वति कुञ्ज प्राथमिक विद्यालय, रत्नशोभा उच्च माध्यमिक विद्यालय र भुर्तेल प्राथमिक विद्यालयको अनुगमन गरेका हुन् ।

अनुगमनमा सरकारी सरोकारवाला निकायको तर्फबाट जिल्ला शिक्षा कार्यालय कास्कीका उपसचिव हेमप्रसाद आचार्य, जिल्ला बिकास समितिका नायब सुब्बा बसन्ती श्रेष्ठ रहनुभएको थियो । परियोजना लागु भएका विद्यालयमा परियोजना सञ्चालन पछि विद्यालयमा भएका प्रगतिबारे त्यहाँका प्रध्यानाध्यापकहरुसँग जानकारी लिएको वल्र्ड भिजनका पश्चिमाञ्चल संयोजक खगेन्द्र सिजापतिले बताउनुभयो ।
शिक्षा परियोजना क्षेत्र विकास कार्यक्रम अनुसार कास्कीका पाँच वटा गाविस र लेखनाथ नगरपालिकाका २३ वटा विद्यालयमा सन् २००१ देखि सञ्चालित छ । अहिलेको मुल्याँकन भने पाँच वर्षे कार्यअबधिको गरिएको हो । परियोजना अन्तरगत विद्यालयका शिक्षकलाइ विभिन्न तालिम, शैक्षिक सामाग्रि वितरण तथा भौतिक निर्माणमा अनुदान दिइएको मानवीय श्रोत विकास केन्द्रका कार्यक्रम अधिकृत श्रीकान्त लुइटेलले बताउनुभयो । अनुदान मार्पmत विद्यालय शिक्षामा सुधार गरी गुणस्तरीय बनाउन यो परियोजना सञ्चालन गरिएको लुइटेलले जनाउनुभयो ।

 

कमेन्टहरु
Loading...