आर्थिक वर्षको बजेट ६ खर्व ५ अर्व

73

सागर राज तिमिल्सिना/पोखरा, २५ जेठ/नेपाल सरकारका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७०÷७१ को बजेट बर्ष ५ खर्व ६ अर्वको बजेट आउने बताएका छन् । राष्ट्रिय योजना आयोगले दिएको बजेटको सिमालाई हेर्दै ५ खर्व ६ अर्वको बजेट ल्याउन लागेको बताए । नेपालले असार मसान्तर भित्रमै पुर्ण आकारको बजेट आउने बताए । सहकारीहरुको क्षेमता अभिबृद्धि तालिम तथा एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागि हुन शनिबार पोखरा आएका सल्लाहकार नेपालले पत्रकारसंग कुराकानी गर्दै त्यस्तो जानकरी दिएका हुन् ।

उनले सरकारले अहिलेको बजेट विशेष गरे चुनाव र विकास केन्द्रित रहेन बताउदै बजेटका कारण ४÷५ बर्षे लाग्ने योजना २÷३ वर्षमा सक्ने गरी बजेट ल्याउन लागेको बताए । उनले पहिले पहिले पार्टिका नेताले आफ्नो आफ्नो क्षेत्रमा तान्ने कुरामा इन्गित गर्दै अहिलेको बजेट मुलुकको लागि आउने बताए । उनले पुर्ण आकारको बजेट आउनाले देशमा आर्थिक उन्नती प्रगति उल्लेखनिय रुपमा हुने सल्लाहकार नेपालले विश्वास छ ।

धेरै बर्षदेखि पुर्ण बजेट आउन नसकेको अबस्थामा यस बर्ष पुर्ण बजेट आउनुले सकरात्मक सन्देश दिदै रोजगार तथा देशमा लगानीको वातावरण सृजना हुने बताए । उर्जा, कृषि, निकासी, सिंचाई, पुर्वाधार निमार्ण तथा विपन्न बर्गलाई समेट्दै आउन लागेको बजेटले देशमा रहेको आर्थिक संकटलाई समेत सल्टाउने उनको भनाई छ । उनले कृषि जन्य बस्तुमा बार्षिक ५ अर्व आयातित हुने भएकोले सरकारले स्वारोजगार तथा सिपमुलक एक व्यवसायीक कृषि क्षेत्रतर्फ बिषेश ध्यान दिने रणनिति तयार पार्ने बताए ।

उनले अहिलेको बजेटले महङ्गी घटाउन सहयोग पुग्ने बताउदै महङ्गी घटाउन बजेटमा आयातलार्य प्रतिस्थापन गर्ने बताए । प्रधानन्यायाधिष खिलराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारको मूख्य काम निर्वाचन त्यसको साथमा दैनिक कुरालाई राज्यले नरोक्ने बताउदै विकास निमार्णमा समेत सरकार सकरात्मक भएको नेपालले बताए । उनले चुनावका लागि वर्षमा नै १४ अर्व बजेट छुट्टाइ सकेकाले विकासलाई ने पहिलो प्रथामीकता हुने बताए ।