पाँच मिनेटको फरकमा दुई भूकम्पको धक्का

काठमाडौं, १४ फागुन /नेपालमा मंगलबार दिऊसो दुई वटा भूकम्प गएको छ । दिऊसो ४ बजेर १५ मिनेट जादाँ दोलखा केन्द्रविन्दु बनाएर ४ दशमलब ४ म्याग्नुच्युटको भूकम्प गएको छ ।

त्यसको ५ मिनेट पछि सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४ दशमलब १ म्याग्नुच्युटको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यसको धक्का काठमाडौं सम्म पनि भएको थियो ।

त्यसै गरि तीन दिन अगाडी ४ म्याग्नुच्युट भन्दा कमका तीन वटा भूकम्पको महसुस पोखरामा पनि भएको थियो ।

कमेन्टहरु
Loading...