ईक्यान कास्कीको अध्यक्षमा महेश भण्डारी सर्वसम्मत

पोखरा, १८ भाद्र
नेपाल शैक्षिक परामर्श संघ कास्कीको अध्यक्षमा महेश भण्डारी सर्वसम्मत चयन भएका
छन् । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) र राष्ट्रिय शैक्षिक परामर्श संघ
(नेका)को एकिकरणसंगै एकिकृत शैक्षिक परामर्श संघको अध्यक्षमा भण्डारी चयन
भएका हुन् । एकिकृत कार्यसमितिमा १५ जना पदाधिकारीहरु रहेका छन् ।
mahesh bhandariएकिकृत कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डिबि गुरुङ, उपाध्यक्षमा ईविन्द्रराज
तिवारी, सचिवहरुमा मिलन तिवारी, रमेशकुमार थापा, उपसचिव दुर्गाबहादुर थापा,
कोषाध्यक्षमा गिता शर्मा र आर्थिक विभाग प्रमुखमा प्रदिप पोखरेल चयन भएका
छन् ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा विमलमणी भण्डारी, समिर थापा, सन्दिप अर्याल,
प्रकाश गैरे, रुद्रप्रसाद अर्याल, राजेन्द्र शर्मा र कुलराज बराल चयन भएका छन् ।
यसअघि छुट्टाछुट्टै कार्यरत दुवै संस्थामा हाल ४० भन्दा बढि शैक्षिक परामर्श
केन्द्रहरु रहेका छन् ।
दुई संस्थाको एकिकरण संगै अबका दिनमा शैक्षिक परामर्श केन्द्रहरु आपसमा
मिलेर अगाडी बढ्ने नीतिलाई अंगिकार गर्ने अध्यक्ष महेश भण्डारीले बताए ।
शैक्षिक परामर्श केन्द्रहरुको व्यवसायलाई व्यवस्थित बनाउनका लागि एकिकरण
आवश्यक भएको र त्यो संभव भएकोमा आफु निकै खुशी भएको उनले बताए ।

कमेन्टहरु
Loading...