दोहोरो कर हटाए नेपालमा जापानीज लगानी बढ्छ- पुर्व प्रधानमन्त्री हातोयामा

सागरा राज तिमिल्सिना
पोखरा, ८ चैत /जापानका पुर्व प्रधानमन्त्री यू कि ओ हातोयामाले जापान र नेपाली बिच दोहोरो कर तिर्न पर्दा नेपालमा जापानीस लगानी बढ्न नसकेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा हातोयामाले दोहोरो कर तिर्नु पर्दा व्यवासायीलाई मर्का परेका कारण जापानी लगानी बढ्न नसकेको बताए ।

जापानले धेरै देश संग दोहोरो कर हटाउने सम्बन्धमा सम्झौता गरि सेकेको बताउदै नेपाल सगँ पनि त्यस्तो सम्झौता भए जापानी लगानी बढ्ने बताए । उनले नेपालका प्रधानमन्त्री पुष्पकोमल दाहाल सगँ मंगलबारको भेटमा समेत दोहोरो करका बारेमा कुरा राख्ने बताए । उनले नेपालमा हाइडोपावरको सम्भावना रहेको बताए । उनले आफुले पनि हाइडोपावरमा लगानी गर्ने बताए । नीजि भ्रमणका लागि नेपाल आएका उनले नेपाल र जापानमा सिधा उडान हुन सके नेपालमा पर्यटक अझ बढ्ने बताए ।

दोस्रो पटक पोखरा आउका उनले पोखरा माउन्टफुजि भन्दा पनि राम्रो रहेको प्रतिक्रिया दिए । उनले जिवनमा एक पटक पोखराको भ्रमण गर्ने पर्ने बताए । पोखराको सराङकोटबाट अन्नपुर्ण हिम श्रृखला हेरेर र फेवातालमा ढुङ्गा सयर गरेको बताए । उनले पोखरामा विस्तारै फोहोर बढ्दै गएको बताउदै बेलैमा नियन्त्रण गर्नु पर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब राम प्रसाद तिमिल्सिनाले गरेका थिए ।

कमेन्टहरु
Loading...