दुव्र्यसनी तथा यौनजन्य क्रियाकलाप विरुद्ध जनचेतना ¥याली

पोखरा, १० जेठ/शान्तिदर्शन महिला समुह नयाँवजारले लागुपदार्थ दुव्र्यसनी तथा विकृति विसंगति विरुद्ध निकालेको सचेतना ¥यालीले वडाका विभिन्न टोलहरुको परिक्रमा गरी सचेतना जगाएको छ । अभियानमा वडा सचिव लोकदर्शन कोईराला, टोल विकास संस्था नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशी, शान्ति दर्शन महिला समुहकी अध्यक्ष दिलमाया गुरुङ, सचिव गुरुङ, नयावजार युवा क्लबका सचिव कृष्ण विक लगाएतले कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

photo 3 (1)चण्डिका आमा समुह, शान्तिदर्शन आमा समुह, शान्तिवन आमा समुह, नयाँवजार युवा क्लबलगाएतको सहयोगमा सम्पन्न सो कार्यक्रममा सहभागिले लागु पदार्थ दुव्र्यसनी तथा विकृति विसंगतिलाई नियन्त्रण गरौं, यौनजन्य क्रियाकलाप सामाजिक अपराध हो, उक्त क्रियाकलापलाई नियन्त्रण गरि टोल सभ्य र स्वच्छ बनाऔं, सामाजिक बिकृति र विसंगतिका विरुद्ध हामी सबै एकजुट होऔंं, घरेलु मदिरा उत्पादन गर्नु गैरकानुनी कार्य लगाएतका नारा लेखिएका प्लेकार्ड लिएका थिए ।

नयाँवजारबाट सुरु भएको सचेतना ¥याली सेतीगंगा टोल, सिद्धमार्ग, शान्तिदर्शन, शान्तिवन, शान्तिवन वाटिका हुदैं पुनः नयाँवजारमा टुङ्गिएको थियो।

 

कमेन्टहरु
Loading...