दुबईमा नेपाली युवती लप्साङको हत्या

काठमाडौं, २२ जेठ /यूएईको दुबईमा भोताङ ८ सिन्धुपाल्चोककी एक युवतीको हत्या भएको छ । २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ। आजको कान्तिपुरमा खबर छ ।

अबदाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ।

‘घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन,’ अर्यालले भने। हत्या गरेको लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ। घरेलु कामदारको रूपमा कार्यरत बुले तामाङ लप्साङकै गाउँका हुन्। लप्साङ चार वर्षदेखि दुबईमा कार्यरत थिइन्।

कमेन्टहरु
Loading...