डीएसपी सहित ११ प्रहरीलाई कारबाही सिफारिस

काठमाडौं, ३० असार /करिब साढे ५ वर्ष अघि रामेछापको लिखु गाउँपालिका २ सैंपुकी १४ वर्षीया सुन्तली तामाङको हत्यामा संलग्न श्याम राउतलाई पक्राउ नगर्ने रामेछापका तत्कालिन डिएसपी सञ्जिब शर्मा दाससहित ११ जना प्रहरीलाई विभागीय कारबाही हुने भएको छ।

आजको नेपाल समाचार पत्रमा खबर छ । साढे ५ वर्षअघि डीएसपी दासले अभियुक्त पक्राउ गरेर पनि छोडेको निष्कर्षसहित मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाले विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको हो।

मध्य क्षेत्रीय प्रहरी कार्यालयले सात जनालाई कारबाही अगाडि बढाएको छ भने चार जनालाई विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ।

Loading...

Related Posts

Add Comment

Leave a Reply (कमेन्ट गर्नुहोस्)