ड्राइभिङ लाइसेन्स चाहियो ? गाडी फनफनी घुमाउनुहोस् !

७ बैशाख, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन अब पहिला जस्तै सजिलो छैन । यातायात व्यवस्था विभागले आइतबारदेखि लागु हुने गरी लाइसेन्स परीक्षाको नयाँ व्यवस्था लागु गरेको छ । ड्राइभर बन्न चाहनेले अब ट्रायल परीक्षा दिँदा गाडी टी आकारमा नभई अंग्रेजी अक्षरको ८ आकारमा फनफनी घुमाएर देखाउनुपर्नेछ ।समयअनुसार लाइसेन्स वितरणको व्यवस्थामा सुधार हुन नसक्दा सवारी दुर्घटनाको संख्या बढेकाले लाइसेन्स परीक्षामा नयाँ व्यवस्था लागु गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।trail-fail

थोरै सवारी सडकमा दौडिँदा बनाइएको व्यवस्थाबाट लाइसेन्स लिने चालकहरुका कारण अहिलेको व्यस्त सडकमा सवारी चलाउँदा धेरै दुर्घटना बढेको विभागको बुझाइ छ । लाइसेन्स वितरणको व्यवस्था कमजोर हुँदा हैसियत नभएकाहरुले पनि लाइसेन्स लिएको गुनासो आइरहेका बेला विभागले नियममा कडाइ गर्न लागेको हो ।  विभागले देशभर लागु हुने गरी सवारी चालक अनुमति पत्रमा नयाँ नियमको व्यवस्था गर्न लागेको हो । विभागले नयाँ व्यवस्था लागु गर्न देशभरका यातायात व्यवस्था कार्यालयलाई आग्रह गरेको छ । नयाँ व्यवस्था लागु भएपछि सर्वसाधारणलाई यसअघि लाइसेन्स लिँदाजस्तो सजिलो भने हुने छैन । राजधानीबाट लाइसेन्स निकाल्न नसकेर बाहिर जानेहरुलाई समेत नयाँ व्यवस्थाले अप्ठ्यारो बनाउने भएको छ ।

गाडी फन्फनी घुमाउनुपर्ने

विभागले मोटरसाइकल तथा स्कुटर र चार पांग्रे सवारीको लाइसेन्स लिनका लागि ट्रायल परीक्षा पूरै नयाँ तरिकाबाट दिनुपर्ने व्यवस्था गरेको छ । मोटरसाइकल लागि पाँचवटा डण्डी पार गर्नुपर्ने र चार पांग्रे सवारीका लागि टी आकारमा गाडी चलाउनुपर्ने व्यवस्थालाई परिवर्तन गरेर विभागले अंग्रेजी अक्षरको घुमाउरो ८ अंकमा ट्रायल परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । साथै विभागले सवारी चलाउँदा अपनाइने विभिन्न नियमहरुको समेत परीक्षण गर्ने भएको छ ।

बाग्मती यातायात व्यवस्था कार्यालयमा नयाँ व्यवस्था लागु गर्न आवश्यक ढाँचा तयार भएपछि आइतबारदेखि लागु हुन लागेको कार्यालयले जनाएको छ । अन्य अञ्चल कार्यालयहरुमा नयाँ व्यवस्था अनुसारको संरचनाका लागि ढाँचा बनाउन कार्यालयले ठाउँ अनुसार करिव १२ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने भएकोले डेढ महिनासम्म लाग्न सक्ने कार्यालयको भनाइ छ । कार्यलयका अनुसार बागमती अञ्चलका लागि मोटरसाइकल/स्कुटरको नयाँबानेश्वरस्थित ट्रलीबस कार्यालयमा र चारपांग्रे गाडीका लागि साल्ट ट्रेडिङ अगाडि ट्रायल परीक्षा लिइनेछ ।cp. onlinekhabar

कमेन्टहरु
Loading...