डा.गोबिन्द केसीले अनशन तोडे ,अस्पताल सुचारु हुने

१४ दिन देखि आमरण अनसनमा रहेका डा.गोविन्द केसीले अनसन तोडेका छन्। सरकारले अधिकांस माग सम्बोधन गर्न तयार भएपछि डा. केसीले अस्पतालमा उपचाररत हाडजोर्नीकी विरामी भक्तपुरकी ७ बर्षीय बालिका एलिशा थापाको हातवाट जुस पिएर अनसन तोडेका हुन्। 

डा.गोबिन्द केसी
डा.गोबिन्द केसी

डीन नियुक्ती तथा नयाँ मेडिकल कलेज अनुमतिमा करोडौं रुपैयाँ चलखेल र राजनीतिक दवाव हावी भएको भन्दै केसीले राख्नुभएको बरिष्ठताका आधारमा डिन नियुक्त गर्ने, चरम बिवादीत डिन शशी शर्मालाई पदबाट हटाउने, लगायत माग पुरा गर्न सरकार सहमत भएपछि डा. केसीले अनसन तोडेका हुन् ।

सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघबिच भएको सहमतिलाई अन्तिमरुप दिएपछि विहान चिकित्सकहरु र सरकारी वार्ता टोलीका संयोजक कृष्णहरी बास्कोटा समेतको टोली केसीको अनसनस्थलमा पुगेर सम्झौता पढेर सुनाएपछि डा.गोविन्द केसीले अनसन तोड्नु भएको हो । डा .केसीको अनसन सकिएसँगै देशभरका अस्पतालहरु सुचारु हुने भएका छन् ।

कमेन्टहरु
Loading...