एक डलरको मूल्य १००।६० रुपैयाँ

पोखरा, ३ भाद्र/अमेरिकी डलरको मूल्य सय रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको मूल्य एक सय रुपैयाँ ६० पैसा तोकेको छ। सोमबार बैंकहरुले डलर एक सय रुपैयाँ ९० पैसासम्म कारोबार गरेको बैकका कर्मचारीहरुले जानकरी दिए ।
paisaराष्ट्र बैंकले सोमबारका लागि एक डलरको मूल्य ९८ रुपैयाँ ९५ पैसा तोके पनि बिहान बजार खुल्ने वित्तकै बैंकहरुले मूल्य बढाएर कारोबार सुरु गरेका थिए बैंकहरुले पहिलो कारोबार नै एक सय रुपैयाँमा गरेका थिए। त्यसपछि पनि पटक पटक मूल्य परिवर्तन गरेर कारोबार गरेका थिए ।
चार महिनायता निरन्तर डलरको भाउ बढिरहेको छ। दुई महिनायता डलरले हरेक साताजस्तो नयाँ किर्तिमान राख्दै आएको छ सोमबार भने डलर पहिलो पटक एक सय रुपैयाँ माथि पुगेको हो। भारतीय मुद्रा कमजोर भएपछि डलरको भाउ बढेको हो। भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ० भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ।
डलरको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारतीय वित्त मन्त्री र रिजर्भ बैंक अफ इन्डिया आरबिआइ० का गभर्नरले नीतिगत पहल गर्ने बताएपनि सुधारको संकेत देखिएको छैन। डलरको भाउ बढे पछि नेपालमा भित्रिने सामानहरुको भाग बढ्न जान्छ ।
 
 

कमेन्टहरु
Loading...