डिभिजन थ्रीको विजेता नेपाली क्रिकेट टोलीको भव्य स्वागत

२५ वैशाख, काठमाण्डौं । आइसीसी वल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेर नेपाल फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ । डिभिजन थ्रीको उपाधि उचाल्दै डिभिजन टुमा उक्लिएको नेपाली क्रिकेट टोलीलाई बर्मुडावाट बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए लगत्तै नेपाल क्रिकेट संघ क्यान, समर्थक तथा सुभेच्छुकहरुले भव्य स्वागत गरेका थिए ।

paras-1

नेपाली टोलीको स्वागतका लागि पञ्चेवाजासहितको टोली विमानस्थल पुगेको थियो । यस्तै नेपाली क्रिकेटका समर्थकहरु नेपाली राष्ट्रिय झण्डाका विमानस्थल पुगेका थिए । यस्तै नेपाली क्रिकेट समर्थकहरुले क्रिकेट खेलाडीहरुलाई स्वागत गर्दै यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जस्ता गीत गाएका थिए । क्रिकेट खेलाडीहरुलाई स्वागत गर्न नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काका हजुरवुवा समेत विमानस्थल पुग्नु भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफूहरुले डिभिजन थ्रीमा पाएको सफलता सवै नेपालीको सफलता भएको वताउनुभयो । उहाँले भन्नुभयो,’हामीले सुरुवाती दुई खेल गुमाएपनि हतास नभई खेल्यौँ । सुधारिएको प्रदर्शन गर्दै अन्तत डिभिजन थ्रीको उपाधि समेत जित्न सफल भयौ । यो जित सवै नेपालीको जित हो ।’ खड्काले अहिले पाएको सफलतालाइृ निरन्तरता दिनत आगामी दिनमा अझै कडा मेहेनत गर्नु पर्ने वताउनुभयो । उहाँले सवै खेलाडीको मेहेनत र राम्रो टिम वर्ककै कारण खेल जित्न सफल भएको वताउनुभयो ।

यसैवीच नेपाली क्रिकेट टोलीको सम्ममानमा नगर परिक्रमा गराइएको छ । नेपाली क्रिकेट टोलीलाई एयरपोर्टवाट सिधै गौशाला, रातोपुल, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, भृकुटीमण्डव, सहिद गेट हुँदै राष्ट्रिय खेलकुद परिषदमा पुर्‍याएर सम्मान गरिएको हो ।

प्रत्येक खेलाडीलाई जनही साढे तीन लाख पुरस्कार

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदले बुधवार नै एक समारोहका वीच राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई जनही तीन लाख ५० हजार रुपैयाँ पुरस्कारले सम्मान गरेको छ । क्रिकेट खेलाडीहरुलाई खेलकुद मन्त्री रामकुमार श्रेष्ठ र राखेपका सदस्य सचिव युवराज लामाले सम्मान गर्नुभएको हो । नेपालले अब डिभिजन टुमा विजेताको हैसियतमा उक्लिएको नेपाली क्रिकेट टोलीले सन् २०१५ मा हुने आइसीसी विश्व क्रिकेटका लागि छनौट खेल खेल्नेछ । डिभिजन टुमा नेपाल र युगान्डासहित १० देशले विश्वकप छनोटका लागि खेल्ने छन् ।cp. onlinekhabar.com

कमेन्टहरु
Loading...