सन् २०२१ का डिभी खुल्यो, आवेदन भर्दा के के ख्याल गर्ने

काठमाडौं, १५ असोज / अमेरिकाका लागि सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता बुधबारदेखि खुलेको छ ।

नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता ५ नोभेम्बर २०१९ मा बन्द हुनेछ । आवेदन भर्न कुनै शुल्क नलाग्ने दूतावासले जानकारी दिएको छ ।
आवेदकले फारम भर्दा आफ्नो पासपोर्ट नम्बर, पासपोर्ट सकिने म्याद र इमेल अनिवार्य राख्नु पर्नेछ । कुनै पनि व्यक्तिले एक पटक मात्रै आवेदन भर्न पाइने छ ।

अनलाइनबाट नै भर्ने हुँदा कुनै पनि शुल्क लाग्ने छैन । फारम भरिसके पछि प्राप्त गरिएको कन्फरमेसन नम्बरलाई आवेदकले सुरक्षित राख्नु पर्ने छ ।  आवेदनमा आफ्ना पति र पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ । दुताबासले आफैले मोवाइलबाट नै भर्दा हुने जनाएको छ ।

फारम भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ, अघिल्लो वर्षको डिभी फारममा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरे अयोग्य हुनेछ । सन् २०२१ मा अमेरिकाले संसारभरिबाट ५५ हजार जनालाई डिभीबाट अमेरिका लैजाने बताएको छ ।

https://dvlottery.state.gov/

Diversity Visa 2021 Announcement

सन् २०२१ को डाइभर्सिटी भिसा अर्थात् डिभी कार्यक्रम आज [बुधबार, २०७६ असोज १५ गते नेपाली समयानुसार रातको ९:४५ बजेबाट खुल्दैछ]। कार्यक्रममा सहभागी हुनका लागि dvlottery.state.gov मा जानुहोस्। भिसा कन्सल्टेन्सीमा गएर पैसा खेर नफाल्नुहोस् । डिभी कार्यक्रममा प्रवेश गर्नका लागि शुल्क लाग्दैन। आखिर पैसै नपर्ने कामको लागि पैसा हालेर भाग्य चम्कने पनि त होइन!The 2021 Diversity Visa Program opens TODAY [Wednesday, October 2, 2019, at noon Eastern Standard Time (9:45 pm local time in Nepal)]. Go to dvlottery.state.gov to enter. Don’t waste your money on visa consultants. It’s free to enter. There’s nothing lucky about paying for something that’s free! #dv2021https://np.usembassy.gov/ne/visas-ne/immigrant-visas-ne/information-dv-lottery-ne/

Posted by U.S. Embassy, Nepal on Wednesday, 2 October 2019

कमेन्टहरु
Loading...