पोखरेली गजलकार समीपको एकल गजल वाचन हुने

पोखरा, १६ पुस/पोखरेली गजल सारथि दीपक समीपको एकल गजल वाचन पोखरामा हुने भएको छ । आगामी फागुन १० गते हुने आयोजक गजल सन्ध्या पोखराले जनाएको छ । वि. सं. २०३३ मा लमजुङमा जन्मेका समीपले पोखरेली गजललाई विकसित अवस्थामा पु¥याउनका लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।deepak daiचालीसको दशकको मध्यतिरबाट गजल लेख्न थालेका थिए । गजल लेखनका साथै पोखरामा गजललाई जनमानसमा भिजाउनका लागि सैद्धान्तिक प्रशिक्षण र बहसहरुका कार्यक्रम गरेका उनले भूगोलभित्र नकोरिएको देश (गजलसङ्ग्रह–२०६२) प्रकाशित छ । विभिन्न साहित्यिक संघसंस्थामा संलग्न उनले गजल सन्ध्याका पूर्वअध्यक्ष, पोखरेली युवा सांस्कृतिक परिवारका साहित्य संयोजक र सम्मोहन साहित्यिक पत्रिकाका सल्लाहकार हुन् ।

सन्ध्याले दीपक समीप एकल गजल वाचनका लागि अध्यक्ष उदिपराज ढुङ्गानाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा रुपिन्द्र प्रभावी, ईश्वरमणि अधिकारी, मन क्षेत्री र सुमन लम्साल रहनुभएको छ ।

त्यस्तै ईश्वरमणि अधिकारीको संयोजकत्वमा सरिता पौडेल र सावित्री गौतम रहेको आर्थिक उपसमिति, रुपिन्द्र प्रभावीको संयोजकत्वमा लक्ष्मण तिमिल्सिना र सन्ध्या अधिकारी रहेको प्रचारप्रसार उपसमिति, सुमन लम्सालको संयोजकत्वमा विष्णु रिजाल र आनन्द भट्टराई रहेको टिकट प्रकाशन तथा वितरण उपसमिति र मन क्षेत्रीको संयोजकत्वमा बिर्सना बस्नेत र हरिमाया पराजुली रहेको अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ ।

पोखरामा रहेका अन्य वाङ्मयिक संघसंस्थाहरुसँगको समन्वयमा कार्यक्रमलाई अझ अघि बढाइने अध्यक्ष उदिपराज ढुङ्गानाले जनकारी दिए । सन्ध्याले यसअघि गजलकार प्रकट पगेनी ‘शिव’को एकल गजल वाचन ‘प्रणयमा प्रकट दाइ’ २०६४ मा गरेको थियो भने दोस्रोपटक समीपले आफ्ना चर्चित गजलहरु वाचनका साथै केही गजलहरु विभिन्न गायक गायिकाले गाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...