“धुर्मुस सुन्तली” फाउन्डेसनलाई लाग्यो भ्रष्टाचारको आरोप

कलाकार तथा समाजसेवी सीताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पारेका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै कट्टेलले पैसाको काम गर्ने सिलसिलामा अनियमितताको आशंका हुनु स्वभाविक भएको बताए । उनले भने, ‘धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग आएको पैसा पारदर्शी ढंगले परिचालन भइरहेको छ । एक पैसा पनि हिनामिना भएको छैन ।’

समाजसेवाका लागि उठाइएको रकमबाट एक रुपैयाँ मात्रै हिनामिना भएको प्रमाणित भए पनि आफू मर्न तयार रहेको धुर्मुसले बताए । ‘एक रुपैयाँ मात्रै पनि मैले खाएको रहेछु भने म मरे सरह हो’, उनले भने ।

हालसम्म देश–विदेशमा रहेका नेपालीबाट १७ करोड रुपैयाँ संकलन भएको र त्यो पैसा वस्ति निर्माणमा प्रयोग गरिएको उनले बताएका छन् ।

कमेन्टहरु
Loading...