ढिकुरपोखरी धार्मिक महोत्समा २ करोडा ८५ लाख संकलन

ढिकुरपोखरी, २४ चैत /गत माघ ५ गतेदेखि १२ गतेसम्म संचालित कास्की ढिकुरपोखरी शैक्षिक एवम धार्मिक महोत्सव मुल आयोजक समितिले महोत्सवको आय व्यय विवरण सार्वजनिक गरेको छ ।

समितिले बुधवार एक कार्यक्रमका बीच विवरण सार्वजनिक गरेको हो । जसअनुसार महोत्सवमा दुई करोड ८५ लाख ५ हजार ८ सय ४७ आम्दानी भएको छ भने महोत्सव संचालानार्थ ५६ लाख ३० हजार नौ सय ९९ खर्च भएको छ । आम्दानी मध्ये संस्थागत तर्फ ४७ लाख ७९ हजार २ सय ७७ र व्यक्तिगत तर्फ ७ लाख १८ हजार १ सय ५२ गरी कुल रु. ५४ लाख ९७ हजार ४ सय २९ रकम उठ्न बाकी रहेको महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष तुलसीप्रसाद भण्डारीले जानकारी दिए ।

आयोजक समितिले महोत्सव सफल पार्न सहयोग गर्ने सरोकारवाला सबैप्रति कृतज्ञता ज्ञापन पनि गरेको छ ।त्यस्तै बुधवार सम्पन्न सचिवालयको बैठकले सचिवालय सदस्य शुसिल भट्टचनको संयोजकत्वमा खेलमैदान स्तरउन्नती समिति गठन पनि गरेको छ ।
समितिको सचिवमा मीना भण्डारी र सदस्यहरुमा नवराज श्रेष्ठ, सरिता परियार र दिलबहादुर जिसी रहेका छन् । महोत्सव मुल आयोजक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन महासचिव यादवराज अधिकारी गरेका थिए ।
कमेन्टहरु
Loading...