जनसंगीत मञ्च कास्कीमा धनबहादुर

पोखरा, ४ असार/जनसंगीत मञ्च कास्कीको दोस्रो जिल्ला सम्मेलनबाट धनबहादुर गायकको नेतृत्वमा १६ सदस्य जनसंगीत मञ्च कास्की गठन गरेको छ । मञ्चको उपाध्यक्षमा नारायण बास्तोला,, सचिवमा रविन गुरुङ्ग,, सहसचिवमा रोशन गुरुङ्ग,, कोषाध्यक्षमा मञ्जु वि.क. चयन भएका छन् । त्यसै गरि सदस्यहरूमा ईश्वरी राना, माया थापा, प्रिया गुरुङ्ग, पुकार गुरुङ्ग, होम गुरुङ्ग, भरत नेपाली, निश्चल थापा, विलक गुरुङ्ग, शिव नेपाली, अमृत कुमार विश्वकर्मा र सुनिल गौतम रहेका छन् । मञ्चको सल्लाहकारहरूमा पद्मराज ढकाल, मनकुमार श्रेष्ठ, नारायण परिश्रमी, जयकुमार परियार, विजया कोइराला, लक्ष्मण गौतम र सुनिल गायक रहेका छन् । सम्मेलनको उद्घाटन कार्यक्रममा जनसंगीत मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष पद्मराज ढकालले देशले न्याय मागिरहेको भएपनि न्याय दिने न्यायधिशहरूले एकअर्काको अस्तित्व स्विकार गर्न नसक्दा आज नेपालीहरू निराश भएको बताए ।

कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा गण्डकी इन्चार्ज मनकुमार श्रेष्ठले एक्कासौं शताब्दीमा कला, संगीत र संस्कृतिलाई हाम्रो देशको नेतृत्वहरूले बुझ्न नसक्दा देशले संविधान सभा गुमाउनु परेको गुनासो गरे । कार्यक्रममा जनसाहित्यिक मञ्च केन्द्रीय उपाध्यक्ष नारायण परिश्रमी, राष्ट्रिय जनसांस्कृतिक महासंघ कास्कीका अध्यक्ष लक्ष्मण गौतम, प्याव्सन कास्कीका अध्यक्ष नितेश कोइराला र अनेरास्ववियू पृ.ना.क्या. का अध्यक्ष आशीर्वाद सुवेदी, जनसांस्कृतिक महासंघ कास्कीका सचिव कृष्ण भण्डारी लगायतले शुभकामना दिएका थिए ।

सोही अवसरमा सम्मेलनले २०६५ सालमा वाइसियलको आक्रमणमा परि सक्त घाइते भएका अनेरास्ववियूका नेताहरू अर्जुन सुनाम र नरेश रोकायको उपचारका निमित्त वृहत सांस्कृतिक कार्यक्रम गर्न मनकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ । कार्यक्रम जनसंगीत मञ्च कास्कीका संस्थापक अध्यक्ष जयकुमार परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...