धनले लियो ७९ वर्षिय वृद्धाको ज्यान

सागर राज तिमिल्सिना
पोखरा ३० भदौ/पोखराको लामाचौरमा एक बृद्धाको हत्या भएको छ । लामाचौर १६ अमरदिप स्थित घरमा चोरी गर्न पुगेका चोरहरुले करिब ७९ बर्षिय आशमाया गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार राति घरमा छिरेका चोरले बृद्धाको हत्या गरी १६ तोला सुन लगेको प्रहरीले जनाएको छ ।IMG_6310

राति बृद्धाको हत्या भएपनि परिवारका सदस्यहरुले भने बिहान मात्रै थाहा पाएका थिए । बृद्धाको शव उनि सुत्ने कोठामा हात खुट्टा बाधिएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सन्तोष खड्काले जानकारी दिए । बृद्धाको शरिरमा चोटपटक नदेखिएकाले मुख थुनेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई हत्याको कारण बारे अनुसन्धान थालेको खड्काले जानकारी दिए । हत्यामा संलग्नहरुको खोजीकार्य थालेका प्रहरीको भनाई छ । घरमा गुरुङ्गका छोरा र नाती भएपनि थाहा नपाएको उनिहरुले बताए । शवको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमाट भएको छ ।

IMG_6315

कमेन्टहरु
Loading...