दैलेखमा दुई घण्टामा दुई भूकम्पको धक्का

दैलेख, ६ कात्तिक / दैलेखमा सोमबार राती भूकम्पको गएको छ । राती दुई घन्टाको अन्तरमा दुई पटक भूकम्पको महशुस गरेको स्थानीयले बताएका छन् ।

दैलेखमा सोमबार राति १२ बजेर ३१ मिनेटमा ३.९ म्याग्निच्यूड र मंगलबार बिहान १ बजेर ४० मिनेटमा ३.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रातीको समय भएका कारण स्थानीयले भूकम्पको बढि महशुस गरेको स्थानीयले बताए ।

कतिपय राती उठेर समेत बाहिर निस्केका थिए ।  दैलेखमा असोज १९ गते ४ रेक्टर स्केल र २० गते ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

कमेन्टहरु
Loading...