पोउवा संघको अध्यक्षका उम्मेदवार क्षेत्रीको घरदैलो अभियान जारी

पोखरा, २८ भदौ /पोखरा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदका प्रत्यासी देव क्षेत्रीले आफ्नो चुनावी प्रचार–प्रसारलाई तिव्रता दिनुभएको छ । क्षेत्रीको समुहले मंगलवार पोखराको लामाचौर, न्यूरोड, पृथ्वीचोक लगायतका क्षेत्रमा पुगेर उद्योगी, व्यवसायीलाई भेट्नुभयो ।

सो अवसरमा व्यसायीले लामो समयसम्म संघमा योगदान प¥याएको उल्लेख गर्दै आगामी दिनमा पनि सक्रियरुपमा लाग्न सुझाव दिएका थिए । साथै उनीहरुले आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको क्षेत्रीले जानकारी दिनुभयो । घरदैलो अभियानपछि क्षेत्रीले पोखराका उद्योगीब्यापारीहरु र वस्तुगत संघसंस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने बचन दिएकोे बताउनुभयो ।

उहाँले अन्य उमेदवारले जस्तो आफुले ठूला योजना र महत्वकांक्षी आश्वासन भन्दा पनि ब्यवसायीको हक हितलाई प्रथामिकतामा दिएकोले आफ्नो पक्षमा उद्योगी ब्यापारीहरुले मत दिने उल्लेख गर्नुभयो । उहाँले व्यवसायीलाई करदाता शिक्षा प्रदान गर्दै लेखा प्रणाली सम्बन्धी ऐन नियम बारे जानकारी गराउन कार्यक्रम सञ्चालन गर्ने, सदस्यको हित संरक्षण र दक्षता विकासका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी अघि बढ्ने बताउनुभयो ।

२०६३ सालदेखि निरन्तर पोखरा उद्योग वाणिज्य संघमा आवद्ध रहेर व्यावसायिक हितमा काम गदै आउनुभएका क्षेत्री हाल पोखरा उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष हुनुहुन्छ । आगामी भाद्र ३१ र असोज १ गते हुने संघको ३१ औं महाधिवेशनमा क्षेत्रीको समुहबाट बरिष्ठ उपाध्यक्षमा मिनराज काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा सिता गुरुङ, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेश अधिकारी चुनावी मैदानमा रहेका छन् ।

महासचिवमा लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्षमा जनकराज पराजुली, उप–महासचिवमा अर्जुन पोख्रेल हुनुहुन्छ । सदस्य पदमा अर्जुन खनाल, कुमारी मुना बास्तोला, गिरधारी शर्मा, गोमा ढकाल, चिनु गुरुङ, नवराज त्रिपाठी, बलराम आचार्य, महेश्वर पोख्रेल (शिव), हरिराज पन्त र हिमालय बख्रेल हुनुहुन्छ ।

कमेन्टहरु
Loading...