पोखराका दिपकलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

पोखरा, २८ साउन/सरकारले विभिन्न ८ व्यक्ति र २ संस्थालाई राष्ट्रिय युवा प्रतिभा सम्मान शुक्रबार प्रदान गरेको छ । युवा तथा खेलकुद् मन्त्रालयले अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर काठमाडौमा विभिन्न ८ व्यक्ति र २ संस्थालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो।

पोखराका दिपकलाई राष्ट्रिय युवा प्रतिभा सम्मान
पोखराका दिपकलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

सम्मान पाउनेमा समाज सेवातर्फ काठमाडौंको धुर्मुस सुन्तली फाउण्डेशन र व्यवसायिक कृषितर्फ गुल्मीको पैंचो पसल रहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरिन् । पोखराका दिपक तिमिल्सिनाले पशुपालनतर्फ राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानीत भएका छन् ।

पोखराको चाउथेमा जानकी एग्रो फर्म र नयाँबजारमा जानकी एग्रो प्रोडक्ट प्रा लि सन्चालन गर्दै आएको छन् । उनको फर्ममा १ सय २४ वटा भैसी र ९ वटा गाई पालन गर्दै आएका छन् । फर्मबाट १९ जनाले रोजगारी प्राप्त गरेका छन् भने जानकी एग्रो प्रोडक्ट प्रा लिबाट ५७ जनालाई रोजगारी दिदै आएको तिमिल्सिनाले जानकारी दिए । उनलाई र अन्यलाई सम्मानसँगै सबैलाई नगद एक एक लाग रुपैयाँ पनि प्रदान गरिएको छ।

सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरुको परिचालन गरेर मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै त्यसका लागि रोजगारीका लागि विदेश जानुपर्ने वाध्यताको अन्त्य गरिनुपर्ने बताइन् । नेपालमा कुल जनसंख्याको ४० प्रतिशत युवाहरु छन् । तर युवाहरुको ठूलो संख्या भने बेरोजगार छ । अन्र्तराष्ट्रिय श्रम संगठनका अनुसार ३६ प्रतिशत युवा अर्ध बेरोजगार छन् ।

कमेन्टहरु
Loading...