ज्यान मुद्धामा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय

काठमाडौं, २ माघ /सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्षको जेल सजाय सुनाएको छ । तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गर्दै ५ वर्र्षको जेल सजाय सुनाएको हो ।

दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए ।

तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् र उनको पद गएको छ । सर्वोच्चले डन गणेश लामासहित चार जनाले सफाइ दिएको छ ।

कमेन्टहरु
Loading...