लेखनाथमा खुल्ला एकल नृत्य प्रतियोगिता हुने

पोखरा १४ साउन/सात तालको बाटिका शहर लेखनाथमा रहेको सरगम सांस्कृतिक कला केन्द्रले आगामी शनिवार खुल्ला एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिगत २ महिनादेखि लेखनाथ ७  तालचोकमा कार्यालय स्थापना गरी विभिन्न नृत्य, आर जे , भिजे, डिजे तथा संगीत सिकाउदै आएको कला केन्द्रले  आफ्नो कार्यालय उद्घाटन कार्यक्रमको अवसर पारेर खुल्ला एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको हो ।लेखनाथमा सगीत , नृत्य , आरजे , भिजे तथा डिजे सिक्न चाहने ब्यातिmहरुलाई मध्येनजर गरेर स्थापना भएको कला केन्द्रमा अनुभवी तथा प्रोफेसनल प्रशिक्षकहरुद्धारा प्रशिक्षण दिदै आएको कला केन्द्रका अध्यक्ष प्रशान्त सुनारले जानकारी दिए । आगामी शनिवार आयोजना हुन लागेको खुल्ला एकल नृत्य प्रतियोगितामा भाग लिनका लागी नेपाली गीतमा मात्र नृत्य गर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरस्कृत हुनेले ट्रफी, प्रमाणपत्र , ३ महिना निशुल्क नृत्य प्रशिक्षण तथा पुरस्कार राशी प्रदान गरिने आयोजकले जनाएको छ ।  नृत्य प्रतियोगिता सहित विभिन्न सांस्कृतिक कार्यक्रम  तथा हास्यब्यंग्य प्रहसन प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
सरगम सांस्कृतिक कला केन्द्रमा हाल ४० जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिइरहेका छन भने वरिष्ठ नृत्य प्रशिक्षकहरु प्रिति गुरुङ्ग, प्रविण कुमार र ईन्दु गुरुङ्गले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइरहेका छन ।

कमेन्टहरु
Loading...