सुरक्षानिकाय र स्थानियवासीको पहलमा आगोलागी नियन्त्रण

पोखरा, ३१ चैत। कास्कीको घार्मी गाविस वडा नं.७ स्थित पहारिलो पाखा समाुदायिक वनमा शुक्रबार लागेको आगोलागी नियन्त्रणमा आएको छ । सुरक्षा निकाय र स्थानियवासीको पहलमा उक्त आगोलागी नियन्त्रणमा आएको हो । समयमा नै सुरक्षाकर्मी नपुगेको भएको आगोलागी वाट ठुलो क्षती हुने स्थानिय वासीले वताए ।

आगोलागी के कारणले लागेको हो त्यो भने एकिन भएको छैन । आगोलगिबाट मानविय क्षती भने हुन पाएन । दिउसो सवा दुई वजे तिर लागेको आगोलागीबाट करिव तिन हेक्टर क्षेत्रफल वन क्षती पुगेको छ ।
आगोलागी हुने वित्तिकै वडा प्रहरी कार्यालय वगरका सई गिरिराज अर्यालको नेतृत्वमा पुगेको टोलीले आगोलागी वढ्नबाट जोगाएको थियो ।

आगोलागी नियन्त्रमा ल्याउनका लागि नयागोरख गढका उपसेनानी हुमनसिह कुँवरको नेतृत्वमा ३५ जना, शशस्त्र प्रहरी वल कालिका गढका शस्शत्र प्रहरी निरिक्षक भोजराज पौडेलको नेतृत्वमा एक प्ल्याटन र नेपाल प्रहरीका ५० जना खटिएका थिए ।

कमेन्टहरु
Loading...