गौरीघाटमा गुन्डानाइके दावामाथि गोली प्रहार (भिडियो)

काठमाडौं, २९ चैत /काठमाडौंको गौरीघाटमा काठमाडौका गुन्डानाइके दाबा लामामाथि गोली प्रहार भएको छ । गौरीघाटमा रहेको दिब्य पार्टी प्यालेसमा रहेको हेल्थ क्लबभित्र आज बिहान ९ बजेर २० मिनेट जादाँ लामामाथि ३ गोली प्रहार भएको काठमाडौं प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए।

उनको अहिले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। गाडी पार्किङ गरेर हेल्थ क्लबको गेटबाट भित्र छिर्न लागेका उनीमाथि मास्क लगाएको युवाले गोली हानेका हुन्। महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसीका अनुसार लामामाथि पछाडिबाट गोली प्रहार भएको हो। उनको ढाडमा गोली लागेको छ।

प्रहरीले सिसिटिभी फुटेज निगरानी गरेर गोली हान्नेको पहिचान गरिसकेको जनाएको छ। करिव एक महिनाअघि काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु डिस्कोमा झगडा हुदाँ संचालक राम गिरीमाथि लामाले हातपात गरेका थिए। प्रहरीले राम गिरीको समूहले उनीमाथि गोली हानेको हुन सक्ने अनुमान गरेको छ।

लामा सबैभन्दा पहिले दीपक मनाङगे समूहमा थिए। त्यसपछि उनी गणेश लामाको समूहमा आए। गणेश लामाको समूहपछि विष्णु लामासँग उनी मिले । जुवा खेल्दा १ करोड हिनामिना गरिदिएको भन्दै विष्णु लामा र उनीवीच विवाद भयो। अहिले आफ्नै गुन्डागर्दीमा उनी सम्लग्न छन्।

 

कमेन्टहरु
Loading...