चितवनद्वारा स्याङजा १७३ रनले पराजित

पोखरा, ११ माघ/यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि भईरहेको क्षेत्रीय छनोट प्रतियोगितामा चितवनले स्याङजामाथि एकसय ७३ रनको फराकिलो जितहासिल गरेको छ । पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा भएको छनोट प्रतियोगिताको दोस्रो दिन चितवनले टस जितेर स्याङजा सामु चालिस ओभर खेल्दै दुई ६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । आफनो सबै विकेट गुमाउँदा दुई सय ६१ रन बनाएको थियो ।

सन्जोश भट्टराईले एकसय एक बल खेल्दै ९८ रनको महत्वपूर्ण खेले भने आकाश थापाले पनि ५२ बलको सामना गर्दै ४९ रनको योगदान दिए । स्याङजाका लागि विजय राउतले छ ओभर बलिङ गर्दै चार विकेट आफनो नाममा लेखाउन सफल हुदाँ रिकेश गुप्ताले आठ ओभरको बलिङमा केवल एक विकेट लिए ।

दुई सय ६२ सयको लक्ष्य पछ्याएको स्याङजाले ३० ओभर चार बलमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटिएको थियो । विजय राउतले ५८ बलमा २४ रन र विमल तिवारीले ५३ बलमा १९ रनको योगदान गरेपनि अन्य व्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन् । बलिङ तर्फ भने पाँच ओभर बलिङ गरेका प्रदिप खरेलले तीन विकेट र दिपेश श्रेष्ठ र राजन श्रेष्ठले समान दुई÷दुई विकेट लिएका थिए । आज अन्तिम खेल भने कास्कीले स्याङजासित खेल्ने छ । कास्की र स्याङजा बीचको खेलबाट क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ८ले यही माघ १८ गतेदेखि पोखरामा शुरु हुने यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने छ ।

कमेन्टहरु
Loading...