नेपालमा थप २८८ जना कोरोना संक्रमण, संक्रमितको सख्या दुई हजार बढी

कोरोना भाइरस कोभिड–१९
0

काठमाडौं, २० जेठ / नेपालमा मंगलबार २८८ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रकितको सख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

मंगलबार रौतहटका ७४, दाङका १७, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, प्युठान १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपुरमा पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा संक्रमित संख्या २०९९ पुगेको छ । तीमध्ये २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...