थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ सय बढी

पोखरा, १७ जेठ / नेपालमा १८९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल संक्रमितको संख्या १ हजार ४ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

संक्रमित कपिलबस्तुका १०९ जना, सर्लाहीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिराहाका ११ र सप्तरीका ९ जना, धनुषाका ७ जना, रौतहटका ६, महात्तरीका ४ जना, बारा हर्दियाका २४ जना, दैलेखमा १४ कोरोना संक्रमित थपिएका छन् ।

त्यसै गरी दाङका ५ जना, संखुवासभामा दुई जना, झापामा एक जना र ललिपतुरमा एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।

संक्रमित मध्ये अहिले सम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...