शुक्रबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

पोखरा, ९ जेठ / शुक्रबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको सख्या ५ सय १६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा हेटौडा ३ की ५४ बर्षिया महिला, भक्तपुर ९ की ४२ बर्षिय महिलामा देखिएको छ ।

त्यसै गरि विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा सप्तरीका ३५ बर्षिय पुरुषमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नै भएको परीक्षणमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा भएको परीक्षणमा बारा सिमरनगढ नगरपालिकाका ६ जनामा पुरुषमा पुष्टि भएको छ ।

त्यसै गरी डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ। जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

बाँकेमा १४ जना संक्रमित थपिएका छन्। उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरू छन् । उनीहरूमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । नेपालमा ७० जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...