एक चिकित्सक सहित थप २७ जनामा कोरोना संक्रमण

कोरोना भाइरस कोभिड–१९
0 586

काठमाडौं, ६ जेठ / मंगलबार एक चिकित्सक सहित थप २७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एक एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक एक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एक एक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...