नेपालमा एकै दिन थपपिएका १४ कोरोना संक्रमित विवरण यस्तो

काठमाडौं, ५ वैशाख/ एकै दिन उदयपुरमा १२ जना र चितवनमा २ जना कोरोना संक्रमित थपिए पछि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ ।

शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरमा कोरोना पुष्टि भएका १२ जना पुरुष हुन् । मन्त्रालयका अनुसार कोरोना पुष्टि हुने पुरुषमा २०, २२, २५, २६, ३४ र ४० वर्षीय पुरुष एक /एकजना, २९ वर्षीय दुईजना र २८ वर्षीय पुरुष चारजना रहेका छन् ।

कोरोना पुष्टि हुने अधिकांश भारतीय नागरिक हुन् । त्यसैगरी चितवमा २७ वर्षीय र ६३ वर्षीया दुईजनामा कोरोना देखिएको हो । उनीहार बेलायतबाट आएका थिए । उनीहरु आमा छोरा हुन् । उदयपुरका नयाँ संक्रमित सबैलाई विराटनगरस्थित कोरोना अस्पताल राखीको छ ।

यसअघि नेपालमा १६ जनामा मात्र कोरोना पुष्टि भएको थियो । जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन् । अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

कमेन्टहरु
Loading...