भारतबाट नेपाल फर्केका वडाध्यक्षमा कोरोनाको एन्टीबडी

जनकपुरधाम, ८ वैशाख / धनुषाका एक वडाध्यक्षमा कोरोना भाइरस विरुद्धको ¥यापिड टेष्ट किटबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षको आरडिटी टेस्ट पोजेटिभ देखिएपछि स्वाब लिई पिसिआर परीक्षणका लागि पठाएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहले जानकारी दिए।

उनी भारत बिहारको मधुवनीमा १ महिना बसी नेपालमा लकडाउन लागू भइसकेपछि गाउँ फर्केका थिए ।

भारतबाट फर्केको थाहा पाएपछि आफूहरुले उनलाई गत चैत २४ गते वडा नम्बर ४ स्थित विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका थिए ।

उनलाई पिसिआर टेष्टका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ ।

कमेन्टहरु
Loading...