थप २०१ जनामा कोरोना संक्रमण, २३०० पुगे, नवौं व्यक्तिको मृत्यु

काठमाडौं, २१ जेठ / नेपालमा बुधबार थप २०१ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोट जानकारी दिए ।

कपिलवस्तुका ६७, रूपन्देहीका २६, धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, पाल्पाका २, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको जानकारी दिए ।

अहिले सम्म २७८ जना उपचारपछि निको भएर घर फर्किएको छ भने ९ जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।

कमेन्टहरु
Loading...