थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८३ पुग्यो

काठमाडौं, १४ जेठ / मंगलबार एकैदिन १०१ जना कोरोना संक्रमित थपिएपछि नेपालमा कारोना संक्रमितको संख्या ७८३ पुगेको छ । मंगलबार अहिलेसम्मको सबैभन्दा ठूलो वृद्धिदर हो ।

यसअघि एकैदिन सर्वाधिक ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो । एक सातामै संक्रमितको संख्या दोब्बर भएको छ । थपिएका १०१ संक्रमितमध्ये सात जना सोमबार साँझ थपिएका संक्रमितको जानकारी औपचारिक जानकारी मन्त्रालयले मंगलबार दिएको हो ।

मंगलबार थपिएका संक्रमितहरूमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२, सप्तरीका ११, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, अर्घाखाँची, गुल्मी र स्याङ्जाका दुई/दुई जना छन् । साथै, धनुषा, रुपन्देही, कैलाली, अछामका एक÷एक जना छन् ।

अहिलेसम्म संक्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १७६ जना निको भएका छन् । मंगलबार साँझ मात्रै २१ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...